+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय लोक तथा दोहोरी ब्याबसायी संघको दोश्रो अधिबेशन सम्पन्न, अध्यक्षमा रीम केसी

4KNationalDaily
२०७६ फाल्गुन ५, सोमबार १७:३६ बजे

काठमाडाैं- राष्ट्रिय लोक तथा दोहोरी ब्याबसायी संघको दोश्रो अधिबेशन सम्पन्न भएको छ ।

काठमाडौको नया बसपार्क वरिपरि खोलिएको झण्डै चार दर्जन दोहोरीहरु को छाता संगठन रहेको उक्त सस्था २०५९ मा स्थापना गरिएको हो ।

आइतबार सम्पन्न अधिबेशनलाई पुर्व रक्षा मन्त्री तथा संघीय प्रतिनिधि सदस्य भिमसेन दास प्रधानले उद्घाटन गरेका थिए ।

कार्यक्रममा अध्यक्ष चुडा बहादुर कार्की को सभापतित्व मा भएको थियो भने कार्यक्रम संचालन महासचिब ओरेम श्रेष्ठ गरेका थिए।

कार्यक्रममा महानगरिय प्रहरी वृत चक्रपथ महाराजगन्जका कार्यलय प्रमुख  डिएसपी उमेश लम्सालले यति सम्मानित काम हुदा हुँदै पनि समाजले अलि पचाउन गार्‍हो भएकोमा चिन्ता ब्यक्त गरे ।

अब यो क्षेत्रलाई हेर्न नजिर तोड्न र त्यही अनुसार काम गर्न आग्रह पनि गरे। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुर्व मन्त्री भिमसेन दास प्रधान ले आफ्नो बयस्क अवस्थाको कुरा कोट्यौदै आफू गीत संगीतको पारखी भएको जानकारी गराए ।

केही गीतका हरफ हरु समेत गुनगुनाएका प्रधान ले अब गीत संगीतको हक हित को लागि छिट्टै विधेएक पास गराउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रम का सभापति चुडा बहादुर कार्कीले अधिबेशन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरे । कार्यक्रम मा विभिन्न सास्कृतिक प्रस्तुती पनि रहेको थियो

अधिबेशन निकै भब्य बिना बिबादास्पद सम्पन्न भएको थियो । अधिबेशनले रिम केसीकाे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा दलमान गुरुङ उपाध्यक्षहरुमा शंकर गुरागाई प्रकाश कटुवाल दिपसागर थापा माया गुरुङ चयन भएका थिय ।

महा सचीवमा गुणराज खनालले बाजि मारे भने सचिबमा भिम श्रेष्ठ निर्बिकल्प सचिब भए । कोषाध्यक्षमा नबराज पाण्डे शिव जि पौडेल सह कोषाध्यक्षमा निर्वाचित भए । सदस्य हरुमा दिलु सलामी निरा गुरुङ मगर नवीन बानिया कमल घिमिरे चरित्र बिस्ट निर्बिरोध चयन भए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily