+
Search

ताजा अपडेट +

पपुलर +

महराको मुद्दामा मेरो अनुमानअनुसार नै फैसला आएछ : डा बाबुराम भट्टराई

4KNationalDaily
२०७६ फाल्गुन ६, मंगलवार ०७:५९ बजे

काठमाडौं- संघीय समाजवादी फोरमका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आफ्नो अनुमान अनुसार नै फैसला आएको बताएका छन्।

बलत्कार प्रयासको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा सुनुवाई गर्दै काठमाडौं जिल्ला अदालतले सोमबार सफाइ दिएपछि डा भट्टराईले ट्विट गर्दै यस्तो बताएका हुन्।

‘महराको मुद्दा कानूनी नभएर नैतिक हो भन्ने मेरो अनुमान अनुरूप नै फैसला आएछ! शायद सत्य त्यही हो,’ उनले भनेका छन्, ‘मियाँ बीबी राजी तो क्या करेगा काजी जो भनिन्छ!’

तर सार्वजनिक जिम्मेवारी बहन गर्ने व्यक्ति निजी जीवनमा पनि सतर्क रहनैपर्ने उनको भनाइ छ। ‘जे हुनु भैगयो’ भन्दै उनले राष्ट्रिय मुद्दामा केन्द्रित हुन समेत आग्रह गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily