+
Search

ताजा अपडेट +

पपुलर +

ललिता निवास प्रकरण : विष्णु पौडेलको नाममा गगनले सुनाए ‘स्वस्थानी’

4KNationalDaily
२०७६ फाल्गुन ६, मंगलवार १४:३५ बजे

काठमाडौं- नेपाली कांग्रेसका सांसद गगन थापाले बालुवाटार जग्गा प्रकरणमा सत्ताधारी दल नेकपाका महासचिव विष्णु पौडेललाई जोगाइएकोमा व्यंग्य गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै थापाले स्वस्थानी व्रतकथाको कथाशैलीमा पौडेल पुत्र नवीनले जग्गा फिर्ता गर्ने मञ्जुरी र अख्तियारले मुद्दा नचालएको प्रसंगलाई उल्लेख गरेका हुन्।

‘कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णु मुनी, अबदेखि कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुनेगरी किन्नू। थाहा पाइहाले होइन होइन भन्नू। चित्त बुझाउन नसकेर अप्ठ्यारोमा नै पर्ने भए हत्तपत्त चोरीको सामान फर्काउनू र दुई पटक विष्णु विष्णु भन्नू। त्यसमा पनि लोकले चित्त बुझाएन् भने गोकुल धाममा गएर खड्ग उचाल्नू र चारपटक विष्णु विष्णु भन्नू। त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको लोकले देखे पनि देख्नुपर्नेले देख्ने छैनन्’, उनले भने।

थापाले स्वस्थानी शैलीमै ‘इतिश्री अख्तियार पुराणे, कुमार विष्णु संवादे, श्री स्वस्थानी व्रत कथायें, बालुवाटार प्रकरण वर्णानाम्, प्रथम अध्याय’ भन्दै आफ्नो सम्बोधन सकेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily