+
Search

ताजा अपडेट +

पपुलर +

सेक्युरिटी प्रेस किन्न सञ्चारमन्त्रीको घुस सम्वाद : ७० करोडमा डिल

4KNationalDaily
२०७६ फाल्गुन ८, बिहीबार ११:५३ बजे

काठमाडौं– सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ।

मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको अडियोमा उल्लेख छ।

स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा कर्मचारीलाई अश्लील शव्दसमेत प्रयोग गरिएको छ। कर्मचारीलाई डिल गर्न दिन नहुने भन्दै मन्त्री बाँस्कोटाले ‘मु…’ शब्द प्रयोग गरेका छन्।

बाँस्कोटाले २० देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने अनुरोध गरेका थिए। यो संवादमा मन्त्रीले एजेन्ट मिश्रलाई फोन गरेका हुन् वा मिश्रले भन्नेचाहिँ खुल्दैन।

तर घुसको डिल गरेको भने प्रष्ट खुल्छ। मिश्रले मन्त्री बाँस्कोटाले सुरुमा दुई अर्ब घुस मागेको बताए। तर कम्पनीको नियमअनुसार प्रतिशतका आधारमा मात्र जाने हो मिल्छ भनेर कुरा गरेको उनले बताए। आउट अफ ट्याकमा चाहिँ त्यही कुरा गर्न खोजेको मिश्रको भनाइ छ।

यस्तो छ सवाल जवाफ

मिश्रः यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ होइन, त्यसमा चाहिँ स्वीस एम्बेसीले बोलायो तपाइँहरुले बोलाएर आउने होइन।

बाँस्कोटा (बीचमा बोल्दै) : अँ..

मिश्रः सकेसम्म एमओयु गर्ने कि भन्ने हिसाबले उ गर्न लागेको छ।

बाँस्कोटाः अँ

मिश्रः उनले चाहिँ तपाइँहरुको कार्यक्रमको उसको बारेमा एम्बेस्डरले चाहिँ छुट्टै छलफल गर्न चाहन्छ क्या उसले

बाँस्कोटा (बीचमा बोल्दै): ठीक छ

मिश्रः अँ त्यो भएको हुनाले तपाइँले त्यति टाइम मिलाइदिनु पर्‍यो।

बाँस्कोटाः मिलाउनुपर्छ।

मिश्रः यो उसको लागि हामी आउट अफ ट्र्याकमा जाने कि तपाइँले भनेअनुसार नै जाने त, भन्नुस्।

बाँस्कोटाः अब…

मिश्र (बाँस्कोटाको कुरा काट्दै) : कुराचाहिँ मैले राखेको छु

बाँस्कोटाः क्यापासिटीको कुरा..

मिश्रः अब कुराचाहिँ मैले राखेको छु

बाँस्कोटाः उनीहरुले नर्मलमा ५० भने

मिश्रः हँ.. त्यसमा नर्मलमा.. (कुरा काट्दै)

बाँस्कोटाः पहिला कति निकालेको थियो ?

मिश्रः यसमा टोटल उसकोचाहिँ पर्सेन्टेजमा आउने हो होइन फेरि

बाँस्कोटा: टोटल कति निस्कन्छ त अहिले त्यो हेरौं

मिश्रः केही न केही त भइरहेको छ होइन त्यही बेसमा जाने हो हामी त अब…उनीहरुले त अरुले नि त्यही मूल्य त्योभन्दा अलि बढी हाल्यो उनीहरुको मूल्यमा भन्दा अलि बढी हालेको भए पुग्थ्यो होइन त्यसमा त्यस्तो केही छैन बेसचाहिँ तपाइँहरुकै उसमा जाने हो हामी हँ हँ त्यसो भा तपाइँले चाहिँ..

बाँस्कोटाः अब सकेसम्म २५, २७ अर्बमा यो टोटल सक्न पाए हुन्थ्यो भन्ने लागेको छ। मान्नुहोस २५ निस्कियो भने कति आउँला?

मिश्रः ७० जति आउदैन (७० करोड) यो आउट अफ उसमा जाँदाखेरि ७० को हाराहारीमा ६० देखि ७० को हाराहारीमा आउँ छ कि?

बाँस्कोटाः तपाइँलाई के गर्छन्? तपाइँलाई छुट्टै गर्छन्?

मिश्रः टोटल ७४ (७४ करोड) जति आउँछ भन्ने हाम्रो अनुमान

बाँस्कोटाः ७४, ७५

मिश्रः यसमा चाहिँ ३०, ७० प्रतिशत तपाइँहरुलाई दिने होइन ३० प्रतिशत हामी राख्ने भन्ने टार्गेट छ। हाम्रो एकदम ट्रान्सपरेन्सी हुन्छ, त्यसका केही छैन।

बाँस्कोटाः त्यसो हुँदा कति हुन्छ?

मिश्रः ५४, ५५ तपाइँहरुलाइ आउने १५, १६ हामीलाई आउने, हामीले नि त अलि अलि त होइन, अब आउट अफ ट्र्याक जाने हो भने..

बाँस्कोटाः तपाईं हामी हिसाब…(भन्न खोजेको कुरा बुझिँदैन)

मिश्रः त्यो तपाइँले गर्नुहोस सबै

बाँस्कोटाः एउटा के नरहनुस् भने…यस्तो कुरामा यी मु…(मुख छाड्दै) कर्मचारीसँग लाग्यो भने यिनीहरुले हेप्छन्। कुरा बुझ्नु भयो?

मिश्रः हो हो

बाँस्कोटाः यो कुरा सचिवलाई पनि नभनौं… खोजेको बुझिदैँन)

मिश्रः ठिकै छ त्यो त्यसो भए म आफै गराउँ

बाँस्कोटाः एउटा स्टिमेट पनि बनाएर ल्याउनुपर्छ।

मिश्रः उसले त लगभग लगभग उसले त बनाएर राखिराखेको छ।

बाँस्कोटाः यो मु… ले बनाएको त ३५ अर्बको छ नि। यो ३५ अर्ब नि नभएपछि त २७ अर्बको निस्केपछि त २८ अर्ब बनाउनुस्।

मिश्रः सुन्न त यो म म गर्छु

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily