काठमाडौं- सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियो सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारप्रति व्यंग गरेका छन्।
उनले प्रधानमन्त्री केपी ओलीलाई मेन्सन गर्दै ट्वीट गरेका छन्, ‘अरुको आङको जुम्रा खोज्नुभन्दा पहिले आफ्नै आङको भैंसी हेर्ने हो कि प्रम केपी शर्मा ओलीज्यु, यही हो भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ भनेको ?’
अरूको आंगको जुम्रा खोज्नु भन्दा पहिले आफ्नै आंगको भैसी हेर्ने हो कि प्रम@kpsharmaoli ज्यू! यही हो “भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ” भनेको? https://t.co/4FLx0EUQ1r
— Baburam Bhattarai (@brb1954) February 20, 2020
एउटा स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बाँस्कोटाले आफूले पाउने कमिसनका लागि सेटिङ गरेको अडियो सार्वजनिक भएको हो।
प्रतिक्रिया