+
Search

ताजा अपडेट +

पपुलर +

सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा, सभामुखले सदनमा दिए जानकारी

4KNationalDaily
२०७६ फाल्गुन ८, बिहीबार १५:२३ बजे

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिएका छन्।

सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदका सन्दर्भमा कमिशन रकमका बारेमा गरेको ‘डिल’को अडियो रेकर्ड सार्वजनिक भएपछि उनी विवादमा आएका थिए।

‘औपचारिक पत्र त आउने नै छ। मलाई अनौपचारिक रुपमा जानकारी भए अनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नुभएको छ’, प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्नि सापकोटाले जानकारी दिए।

कांग्रेसले मन्त्री बाँस्कोटाको विषयलाई लिएर संसद अवरोध गर्ने बताएपछि सापकोटाले जानकारी दिएका हुन्। यद्यपि, बैठक भने अगाडि बढ्न सकेन।

बाँस्कोटा २०७६ चैत २ गते सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्रीका रुपमा नियुक्त भएका थिए। तर, २०७५ जेठ १८ गते भएको मन्त्रिपरिषद् विस्तारसँगै उनी मन्त्री भएका थिए।

सामाजवादी पार्टीले सरकार छाडेपछि प्रधानमन्त्रीले बाँस्कोटालाई गत पुस २५ सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily