काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ७५३ वटै स्थानीय तहमा लैङ्गिक हिंसा निवारण कोष स्थापना गर्ने भएको छ ।
महिला, विकास र कानून मञ्चले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका महिला सशक्तिकरण महाशाखा प्रमुख मनमायाँ पङ्गेनीले कोष स्थापनाका लागि कार्यविधि बनाई सबै स्थानीय तहमा १० हजारका दरले सहयोग रकम पठाइएको जानकारी दिइन् ।
कोष स्थापनापछि कुसंस्कार र कुरीतिका आधारमा चलिरहेको लैङ्गिक हिंसा नियन्त्रणका लागि सहयोग पुग्ने उनको विश्वास थियो ।
अछाममा मात्र पछिल्लो समय पाँच हजार ५०६ वटा छाउगोठ भत्काइएको मन्त्रालयले जनाएको छ । ६२० छाउगोठ घरधनीले नै भत्काए । बाँकी भने प्रहरी भत्काएको थियाे ।
प्रतिक्रिया