+
Search

ताजा अपडेट +

पपुलर +

मिस नेपाल २०२० को आवेदन खुल्ला, ९ शहरमा अडिसन हुने

4KNationalDaily
२०७६ फाल्गुन १३, मंगलवार १९:२२ बजे

काठमाडौं- मिस नेपाल २०२० को लागि आवेदन खुल्ला गरिएको छ । आयोजक हिडन ट्रेजका अनुसार सोमबारबाट खुल्ला गरिएको मिस नेपालको आवोदन मार्च २७ गतेसम्म भर्न सकिने छ ।

आवोदन फर्म मिस नेपालको वोवसाइटमा गएर पनि निशुल्क भर्न सकिने छ । २०२० मे १५ मा नयाँ मिस नेपाल घोषणा गरिने आयोजकले जनाएको छ ।

यस वर्षको लागि भने विजेताको पुरस्कार राशी पनि बढाइएको छ । यस वर्ष विजेताले त्रैमासिक भत्ता र पुरस्कारको रुपमा २ लाख ५० हजार प्रदान गरिने छ ।

हिडन ट्रेजरका निर्देशक दिवाकर राजकर्णिकरको अनुसार मिस नेपालको अडिसन देशको विभिन्न ९ शहरमा हुनेछन् । उनले भने, ‘हामी विभिन्न शरहमा पुगेर अडिसन लिनेछौँ ।

हामीले तोकेको मापदण्ड पुगेको खण्डमा उसलाई हामी काठमाडौं बोलाउने छौँ ।’ अडिसन धनगढी, नेपालगंज, बुटवल, पोखरा, चितवन, विरगंज, धरान, विर्तामोड र काठमाडौंमा हुनेछ ।

मिस नेपालमा सहभागी हुन १९ वर्षदेखि २६ वर्षसम्मको अबिबाहित युवाती हुनुपर्नेछ । ५।४ इन्च हाइट भएको नेपाली नागरिकता वा नेपाली पासपोर्ट भएकाहरुले मात्र आवोदन दिन पाउनेछन् ।

यस वर्ष मिस नेपालमा ४ वटा मात्रै विधा समावेश हुनेछ ।

मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेश्नल र मिस नेपाल सुपर नेश्नल । मिस युनिभर्स भने यस वर्ष हुनेछैनन् । हरेक वर्ष रिन्यु गर्नुपर्ने यस विधामा यो वर्ष भने नेपालीलाई अनुमति दिएको छैन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily