+
Search

ताजा अपडेट +

पपुलर +

चलचित्र ‘हिजो आजका कुरा’को पहिलो गीत सार्वजनिक

4KNationalDaily
२०७६ फाल्गुन १४, बुधबार ०६:४७ बजे

काठमाडौं- कमेडी जनराको फिल्म ‘हिजो आजका कुरा’ मा समाबेश माया जदौ बोलको गीत सोमबार सार्वजनीक गरिएको छ ।

साकार पन्तको डेब्यु निर्देशनमा बरिष्ट अभिनेता सन्तोष पन्तको प्रस्तुति रहेको फिल्मको सो गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर छ ।

आनन्द अधिकारीको शब्द र दीपक शर्माको संगीत रहेको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । नेपाली फिल्मको गीतमा यति धेरै सेलिब्रेटीलाई एकसाथ समेटिएको यो नै पहिलो हो ।

बैशाख १२ गते प्रदर्शन हुने फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलीया, लक्ष्मी भुसाल, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव पन्त, रिमा बिश्वकर्मा, जयनन्द लामा, जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सबिन शाक्यलगायतका कलाकारले अभिनय गरेका छन् ।

पन्त फिल्म प्रोडक्सनमा निर्मित फिल्मकोकार्यकारी निर्मातामा प्रतिभा पन्त,सह निर्मातामा बैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् । रवि सायमीले खिचेको फिल्मको कथा सन्तोष पन्तको हो भने सन्दीप किस्नाको पटकथा रहेको छ ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily