+
Search

ताजा अपडेट +

पपुलर +

युरोपेली च्याम्पियन्स लिगः बार्सिलोना नापोलीसँग बराबरीमा रोकियो

4KNationalDaily
२०७६ फाल्गुन १४, बुधबार ०८:५७ बजे

काठमाडौं- युरोपेली च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणको पहिलो लेगमा बार्सिलोना नापोलीसँग एक–एक गोलको बराबरीमा रोकिएको छ ।

नापोलीको मैदानमा भएको खेलमा एन्टोइन ग्रिजम्यानले गोल गर्दै बार्सिलानालाई हारबाट जोगाएका थिए । खेलको ३०औँ मिनेटमा ड्राइज मार्टिन्सले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा नापोलीले अग्रता कायम राखे पनि खेलको ५७औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै खेल बराबरीमा पुर्‍याए र बार्सिलोनाको हार टारे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily