काठमाडौं- समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सबै नेताको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले आफूलगायत सबै नेताहरुको सम्पति छानबिन गर्न माग राखेका हुन् ।
उनले गाउँमा बुकुरो घर भएका नेताहरूको काठमाडौंमा एकाएक कसरी महल ठडियो भन्नेबारे सम्पत्ति छानबिन गर्न माग गरेका हुन्।
भट्टराईले भने ‘मलगायत सबैको सम्पत्ति छानबिन गरौं,’ । उनले थपे ‘हिजो हामी त साथीहरूले दिएको जडौडी लुगा, चप्पल लगाएर हिड्थ्यौं, अहिले हामी कसरी सुटेटबुटेट भएका छौं। कसरी चिल्ला कार चढेर हिडेका छौं।’
प्रधानमन्त्री केपी शर्मा ओलीको तेह्रथुमस्थित घर जन्मदिनको दिन देखिएको उल्लेख गर्दै भट्टराईले प्रधानमन्त्रीको भन्दा गोरखामा आफ्नो घर राम्रो रहेकोसमेत बताए।
उनले भने, ‘सरकारका दुई वर्ष नेपाली जनतालाई ‘कागलाई बेल पाग्यो हर्ष न विस्मातु जस्तो भएको छ।जनताले खेर गएका वर्षका रुपमा लिएका छन्।’
उनले फागुन ३ गते सम्बोधनका क्रममा प्रधानमन्त्री केपी ओलीले आफ्नो कार्यकालको मन्त्रीपरिषद्ले गरेको केही निर्णयलाई उल्लेखनीय प्रशंसा गरेको भन्दै आभार प्रकट गरे। उनले भने,’चाहे उहाँको मनसायमा त्योबारे भ्रम प्रष्ट होस् भन्ने थियो होला। ‘
प्रतिक्रिया