+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा सचिवालयको निर्णय : बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने

4KNationalDaily
२०७६ फाल्गुन १४, बुधबार १७:३५ बजे

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले गौतमलाई राष्टियसभामा लैजाने निर्णय गरेको हो । सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्तिका लागि निर्णय गरेको हो ।

आगामी फागुन २० पछि राष्ट्रपतिबाट मनोनित सदस्य युवराज खतिवडाको कार्यकाल सकिँदैछ । सोही स्थानमा उपाध्यक्ष गौतमलाई मनोनित गर्न नेकपाले सरकारलाई सिफारिस गर्न सुझाव दिएको हो ।

त्यस्तै बैठकमा संविधान संशोधन गर्न गठन गरेको कार्यदलका बारेमा पनि छलफल भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार संविधान संशोधनको लागि गठित कार्यदलको औचित्य नदेखिएपछि बैठकले कार्यदल भंग गर्ने निर्णय गरेकाे छ ।

राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न नेकपाले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो । गत शनिबार बसेको नेकपा सचिवालय बैठकले कार्यदल गठन गर्न गरेको निर्णय आलोचित बनेपछि नेकपाले भंग गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily