काठमाडौं- मोडल खुस्बु ओलीलाई जिल्ला अदालत काठमाडौंले दुई वर्ष कैदको फैसला सुनाएको छ ।
लेनदेन विवादमा रकम नतिरेपछि ओलीलाई जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले शुक्रबार दुई वर्ष कैदको फैसला सुनाएको हो ।
सप्तरीको राजविराज–८ का ४३ वर्षीय गोपाल कटुवालले गत वर्ष साउनमा ओलीविरुद्व चेक अनादर मुद्दा दायर गरेका थिए ।
बेला–बेलामा उनीहरुबीच रकम लेनदेनसमेत हुने गरेको थियो। सोही क्रममा झन्डै २ वर्षअघि ओलीले कटुवाललाई आफूले घरजग्गा किन्न लागेको र त्यसका लागि रकम अपुग भएको भन्दै सापट मागिन्। कटुवालले ओलीलाई ३६ लाख रुपैयाँ दिए।
ओलीले उक्त रकमको सावाँ–ब्याजसहित फिर्ता गर्ने बाचा कटुवाललाई गरेकी थिइन्। कटुवालले आफूले दिएको सापट रकम मागेपछि ओलीले कुमारी बैंक न्युरोड शाखाको ३६ लाख रुपैयाँको चेक दिइन्।
प्रतिक्रिया