काठमाडौं- प्रधानमन्त्री केपी ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुने भएको छ।
आइतबार बालुवाटारमा बसेको सचिवालयको बैठकमा ओलीले आफू मिर्गौला प्रत्यारोपणको तयारीमा रहेको जानकारी गराएका हुन्।
बैठकमा प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गर्ने जानकारी गराएको पुष्टि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले गरे।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त जानकारी दिएका हुन्। त्रिवि शिक्षण अस्पताल महारागन्जमा मिर्गौला प्रत्यारोपण हुने भएको हो।
प्रधानमन्त्री ओलीको पहिलोपटक २०६३ सालमा मिर्गौला प्रत्यारोपण भएको थियो।
प्रतिक्रिया