काठमाडौं- प्रमुख विपक्षी नेपाली कांग्रेसले पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको अडियोबारे गम्भीर छानबिन गर्न ढिलाइ भएको भन्दै आपत्ति जनाएको छ ।
आइतबार संसदमा विशेष समय लिएर बोल्दै विपक्षी दलका नेता देउवाले बास्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको एक सातासम्म गम्भीर छानबिन नहुनुमा गम्भीर नियत रहेको बताए ।
उनले भने, ‘हामीलाई कति आउँछ भनेर सोधेको अडियोमा प्रष्ट सुनिन्छ । म सम्माननीय प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, हामी भनेर कसलाई भनेका हुन् ? हामीमा कोको पर्छन् प्रष्ट गर्नुस् ।’
सम्बन्धित निकायले छानबिन गर्नुअघि नै प्रधानमन्त्रीले अडियो नक्कली भनेकोमा समेत उनले आपत्ति जनाए ।
देउवाले भने, यसले छानबिन प्रभावित हुन्छ कि हुँदैन ? छानबिन हुनुभन्दा पहिले नै तपाईंले निर्णय दिनुभयो भने तपाईंको बोलीको विश्वसनीयता कमजोर भएन ?’
प्रतिक्रिया