+
Search

ताजा अपडेट +

पपुलर +

वामदेवको कुरा टुंगिसक्यो : प्रवक्ता श्रेष्ठ

4KNationalDaily
२०७६ फाल्गुन १८, आईतवार १३:४५ बजे

 काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने कुरा टुंगिसकेको बताएका छन्।

बुधबार बसेको सचिवालय बैठकले गरेको निर्णयलाई आफूले नमान्ने प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरुसँग बताएका थिए।

त्यसैले, आइतबारको सचिवालय बैठकमा सो विषयमा थप छलफल हुने अपेक्षा गरिएको थियो।

वामदेवको विषयमा थप सचिवालय बैठक बस्नेवाला छ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले ‘बस्नुपर्छ?’ भन्दै प्रतिप्रश्न गरेका थिए।

उनले वामदेवको विषय टुंगिसकेकाले थप टुंगो लगाइरहनु नपर्ने बताए।

आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले बुधबार आफ्नो मिर्गौला प्रत्यारोपण गरिने जानकारी गराएका थिए। त्रिवि शिक्षण अस्पतालमा गरिने प्रत्यारोपणका लागि उनी सोमबार नै भर्ना हुने श्रेष्ठले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily