+
Search

ताजा अपडेट +

पपुलर +

लगातार दोस्रो हारसँगै नेपालको कप छनोट खेल्ने लक्ष्यमा धक्का

4KNationalDaily
२०७६ फाल्गुन १८, आईतवार १३:४७ बजे

काठमाडौं- एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो हारसँगै नेपालको एसिया कप छनोट खेल्ने लक्ष्यमा धक्का पुगेको छ।

आइतबार हङकङसँग ४३ रनले पराजित भएसँगै नेपालको छनोट खेल्ने लक्ष्यमा धक्का पुगेको हो। नेपालले पहिलो खेलशनिबार मलेसियासँग २२ रनले गुमाएको थियो।

५ टोली सहभागी यस प्रतियोगिताका शीर्ष दुई टोलीले आगामी अगष्टमा हुने एसिया कपको छनोट खेल्नेछन्। दुई खेल खेलिसक्दा नेपाल अंक तालिकाको चौथो स्थानमा पुगेको छ।

सिंगापुर, मलेसिया र थाइल्याण्ड शीर्ष तीन स्थानमा छन्। हङकङले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको नेपाल १८.१ ओभरमा सबै विकेट गुमाएर १ सय ११ रनमा समेटियो।

हङकङका निजाकत खानले सर्वाधिक ४८ रन जोडे। उनले २९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। यस्तै मोहम्मद अजिज खानले २९, हारोन मोहम्मद आर्सादले २७ र साहिद वासिफले २६ रन जोडे।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily