ऐजेन्सी- अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार यौन सम्बन्धको अवधिका वारेमा चिन्ता लिनु जरुरी छैन ।
कतिसमय यौन क्रिडामा रमाउने भन्नका लागि पार्टनरको मुडमा भर पर्छ । अध्ययनपछिको रिपोर्टमा भनिएको छ ।
तीन मिनेट यौनक्रिडामा रमाउने जोडीले यौनको भरपुर आनन्द लिन सक्छन् ।
पछिल्लो समय विभिन्न पोर्न भिडियो सहजै हेर्ने अवसर जुरेपछि कतिपय विवाहित जोडीहरुले भिडियो हेरेर यौन क्रिया गर्ने गरेका छन् भने पुरुषहरु समयको कारण चिन्तित हुने गरेका छन् ।
अध्ययनमा भनिएको छ ‘तीन मिनेट यौन क्रिडामा सहभागी पुरुषले चिन्ता लिन जरुरी छैन ।’ चिकित्सकको भनाई अनुसार तीन मिनेटसम्म यौन क्रियामा सहभागी पुरुषले शारिरिक रुपमा कमजोरी महसुस् गर्न जरुरी छैन ।
कतिपय अध्ययनमा ३० मिनेटसम्म यौनक्रिडामा समाहित हुन सकिने उल्लेख छ तर, यो तथ्य आफैंमा आधिकारिक हैन । यौनक्रियामा सन्तुष्टि पार्टनरहरुको सहमतिमा निर्धारण हुन्छ, समयले हैन ।
कतिपयले यौनक्रिडा चाँडै सकिने भन्दै औषधीको पनि प्रयोग गर्ने गरेका छन् तर, चिकित्सकहरु विना चेकजाँच औषधी सेवन गर्नु घातक हो भन्छन् ।
प्रतिक्रिया