काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास गर्ने व्यक्ति पक्राउ परेका छन्।
राष्ट्रियसभागृहमा आयोजित भरतमोहन अधिकारीको स्मृति दिवस कार्यक्रममा भाषण गरिरहेका बेला अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो।
प्रचण्डमाथि जुत्ता प्रहार गर्ने प्रयास गरेपनि उनको प्रयास भने सफल भएको थिएन। उनले प्रहार गरेको जुत्ता मञ्चमा पुग्न नपाउँदै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास भएको तर उनको प्रयास सफल नभएको नेकपा अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले बताए।
पक्राउ परेका व्यक्तिको नाम तथा ठेगाना भन्ने खुल्न सकेको छैन।
प्रतिक्रिया