एजेन्सी- चिरपरिचित प्रतिदन्वदी बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लेको छ।
आइतबार भएको खेलमा बार्सिलोनालाई मड्रिडले २-० ले स्तब्ध पारेको हो।
बार्सिलोनालाई स्तब्ध पार्ने क्रममा भिनिसिअस जुनियरले खेलको ७१ औं मिनेटमा पहिलो गोल गरेका थिए भने दोश्रो गोल अतिरिक्त समयको दोश्रो मिनेटमा मारिएनोले गरे।
जितपछि जारी लिगमा २६ खेलबाट ५६ अंक जोड्दै रियल मड्रिड पहिलो स्थानमा उक्लेको छ भने पराजित बार्सिलोना समान खेलबाट ५५ अंक सहित लिगको दोश्रो स्थानमा झरेको छ।
यसैगरी लिग अन्तरगत आइतबार नै भएका अन्य खेलहरूमा सेभिल्ला, एथ्लेटिको बिल्बाओ र गेटाफे विजयी भए। सेभिल्लाले ओसासुनालई ३-२ले पराजित गर्यो भने एथलेटिको विल्बाओले भिलारियललाई १-० ले पराजित गर्यो।
गेटाफेले मालोर्कालाई १-०ले पराजित गर्दा स्प्यानोल र एथ्लेटिको मड्रिड १-१ को बराबरीमा रोकिएका छन्।
प्रतिक्रिया