+
Search

ताजा अपडेट +

पपुलर +

नेपाली नागरिकहरुलाई विदेश भ्रमणमा नजान देशवासीलाई सरकारको अपील

4KNationalDaily
२०७६ फाल्गुन १९, सोमबार २०:०१ बजे

काठमाडौं- सरकारले नेपाली नागरिकहरुलाई विदेश भ्रमणमा नजान आग्रह गर्दै ट्राभल एड्भाइजरी जारी गरेको छ ।

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले ट्राभल एड्भाइजरी (यात्रा चेतावनी) जारी गरेको हो ।

सरकारले विदेश भ्रमणको योजना नबनाउन देशबासीलाई अपील गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । उनकाअनुसार कोरोना भाइरसको गम्भीर संक्रमण देखिएका देशहरुमा भने अत्यावश्यक काममा बाहेक नजान नै आग्रह गरेको छ ।

सरकारले वैदेशिक रोजगारीमा जाने योजना तत्कालका लागि स्थगित गर्न पनि अपील गरेको छद् ।

उनकाअनुसार दक्षिण कोरियामा इपीएस प्रणालीबाट कामदार नपठाउने निर्णय गरेको छ भने अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई एनओसी (नो अब्जेक्सन लेटर) दिन रोक लगाइएको छ ।

मध्य पूर्वका देशहरुमा भ्रमण, अध्ययन र रोजगारीमा जान सरकारले रोक लगाएको त छैन । तर तत्कालका लागि रोजगारीका लागि विदेश जाने योजना स्थगित गर्न अपील गरेको छ ।

आइतबार मात्र ३० जना नेपालीलाई बहराइनले इमिग्रेसनबाट प्रवेश नदिएको उल्लेख गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘मध्य पूर्वमा जान सरकारले रोक त लगाएको छैन । तर कामका लागि होस या अध्ययनका लागि नजान प्रबन्ध गर्न आग्रह गरेका छौं ।’

ठूलो संख्यामा नेपालीहरु रोजगारीका लागि मध्यपूर्वका मुलुकहरुमा जाने गरेका छन् । खाडी मुलुकसहित थाइल्याण्ड र चीनमा ठूलो संख्यामा घुमघामका लागि जाने गर्छन् । यसबाहेक व्यापार–व्यवसायका सिलसिलामा समेत जाने गर्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily