काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ठुला सभा, सम्मेलन र भेला नगर्ने भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पत्रकार सम्मेलन गरी पार्टी निर्णय जानकारी गराएका हुन् ।
नेपालमा कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै कांग्रेसले सभा, सम्मेलन र भेला नगर्ने निर्णय गरेको उनले जनाए । त्यस्तै,कांग्रेसले कोरोनाबाट सतर्कताका लागि चलाउने अभियानमा सरकारलाई साथ दिने जनाएको छ ।
कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले सगरमाथा सम्वाद कार्यक्रम स्थगित गरेको छ भने सभा, सम्मेलनलगायतका कार्यक्रम स्थगित गर्न सबैलाई आग्रह गरेको छ ।
कोरोनाको जोखिम सामना गर्ने साझा अभियानमा सरकारलाई साथ दिने कांग्रेसले बताएको छ ।
चीनको उहान प्रान्तबाट फैलिएको कोरोना भाइरस ६५ भन्दा बढी देशमा पुगिसकेको छ ।
विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिम मुलुकमा परेको जनाएको छ । यो रोगबाट हालसम्म सबैभन्दा बढि चीनका मानिसहरुको मृत्यु भएको छ ।
प्रतिक्रिया