+
Search

ताजा अपडेट +

पपुलर +

सूर्यवंशीको ट्रेलरले २४ घण्टामा रच्यो इतिहास, ४ करोडभन्दा बढी पटक हेरिएको रेकर्ड

4KNationalDaily
२०७६ फाल्गुन २१, बुधबार २०:०५ बजे

काठमाडौं- अक्षय कुमारको फिलम सूर्यवंशी सन् २०२० को बहुप्रतिक्षित फिल्ममा सूचीमा समावेश छ ।

यसले ट्रेलरले जुन प्रतिक्रिया पाइरहेको छ, त्यो हेर्दा पनि सूर्यवंशीलाई प्रशंसकहरुले व्यग्रताका साथ प्रतिक्षा गरिरहेको भनेर बुझ्न सकिन्छ ।

अक्षय कुमारले ट्वीट गरेर एउटा भिडियो सेयर गरेका छन् जसमा फिल्मको ट्रेलरले २४ घण्टाभित्र ४ करोड २० लाख भ्यु पाएको जानकारी दिएका छन् ।

अक्षयले ट्रेलरलाई हात फैलाएर स्विकार गरेकोमा प्रशंसकलाई धन्यवाद दिएका छन् । सूर्यवंशीको ट्रेलर सोमबार रिलिज गरिएको थियो ।

यसका लागि मुम्बईमा कार्यक्रमको आयोजना गरिएको थियो जसमा अक्षय कुमार, कट्रिना कैफका साथै अजय देवगन र रणवीर सिंह पनि समावेश भएका थिए ।

यी दुई सूर्यवंशीमा ‘स्पेशल अपियरेन्स’ गरिरहेका छन् ।

ट्रेलर

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily