+
Search

ताजा अपडेट +

पपुलर +

सहिद स्मारक ‘बी’ डिभिजन लिग : आरसीटी र श्रीभगवतीको बराबरी

4KNationalDaily
२०७६ फाल्गुन २१, बुधबार २०:१८ बजे

काठमाडौं- आरसीटी र श्रीभगवतीले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् ।

एन्फा कम्प्लेक्स मैदानमा बुधबार भएको खेलमा आरसीटी र श्रीभगवतीले गोल रहित बराबरी खेले ।

लिगमा तीन खेल सकेको आरसीटीको यो दोस्रो बराबरी हो । आरसीटीले दुई अंक बनाएको छ ।

श्रीभगवतीले चार अंक बबनाएको छ । तेस्रो खेलमा बराबरीमा रोकिएको श्रीभगवतीले यसअघि एक जित र एक हारको नतिजा निकालेको थियो ।

चैत २३ गतेसम्म सञ्चालन हुने लिगमा १२ क्लबले भाग लिएका छन् । लिगको विजेता टोलीले १५ लाख, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ ।

लिग विजेता टोली ‘ए’ डिभिजनमा बढुवासमेत हुनेछ । अन्तिममा रहने टोली ‘बी’ डिभिजनमा झर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily