+
Search

ताजा अपडेट +

पपुलर +

ढुक्क हुनुहोस् नेपालमा हालसम्मको परीक्षणमा कसैमा पनि कोरोना भेटिएको छैन् : निर्देशक झा

4KNationalDaily
२०७६ फाल्गुन २१, बुधबार २०:४१ बजे

काठमाडौं- राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नेपालमा आफूहरुले अहिलेसम्म गरिएको परीक्षणमा कसैलाई पनि कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नभेटिएको स्पष्ट पारेकी छिन् ।

उनले भनिन्,‘नेपालमा यो भाईरसको परीक्षण हाम्रो ल्याबमा मात्रै हुन्छ, सुरुमा हामीले पनि यसको नमूना परीक्षण हङकङ पठाएका थियौं । त्यतिबेला हामीलाई ठूलो क्रिटिसिजमपनि भयो । तर, अहिले हामी आफैंले परीक्षण सुरु गरिसकेका छौं ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै निर्देशक झाले कोरोनाको परीक्षण थ्रोट स्वाब र नाकबाट पनि लिने गरिएको सुनाईन् । र, उनले कोरोनाको लक्षण बाहिर कुरा आएजस्तै रुघाखोकी र ज्वरा नै भएको सुनाईन् ।

साक्षात्कारमा बोल्दै उनले यो भाईरसको परीक्षणको लागि लामो प्रक्रिया भएको पनि सुनाईन् । उनले भनिन्,‘यसको परीक्षण भनेको पि.सि.आर. हो, हामीले पनि रियल टाईम पि.सि.आर. हेर्ने हो ।’ आफूहरुसँग अहिले चार वटा मेशिन रहेको पनि उनले सुनाईन् ।

निर्देशक झाले अहिलेसम्म गरिएको परीक्षणहरु सबै नेगेटिभ आएको पनि सुनाईन् । उनले भनिन्,‘हामीले गरेका परीक्षणमा कुनैपिन पोजिटिभ भेटिएन् ।’

दश जनाको परीक्षणपश्चात् पनि आफूहरुले पूनः भेरिभाईको लागि हङकङ पठाएको र उताको रिपोर्टपनि आफूहरुसँग मिलेको उनले स्मरण गराईन् ।

झाले आफूहरुले गरेको परीक्षणको कामसमेत विश्व स्वास्थ्य संगठनले ठीक छ भनेर भनेको सुनाईन् ।

त्यस्तै, हालै चीनको वुहानबाट उद्धार गरेर ल्याईएका १७५ जना नेपालीहरुको पनि परीक्षण गर्दा रिपोर्ट राम्रो आएको र कसैलाई पनि कोरोना नदेखिएको उनले जानकारी दिईन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily