काठमाडौं- कोरोना भाइरसको सन्त्रास छाइरहेको बेला माक्स, सेनिटाइजरलगायतका वस्तुमा कालाबजारी गर्नेहरुलाई कडा कारबाही गर्ने जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
हाल काठमाडौं उपत्यकामा माक्सलगायतका वस्तुमा कालोबजारी गर्नुका साथै कृत्रिम अभाव सिर्जना गरिँदै आएको छ ।
जसका कारण उपभोक्ता मर्कामा पर्दै आएका छन् । प्रमुख जिल्ला अधिकारी दाहालले कालाबजारी गर्नेमाथि अनुगमन गरी कानुनी कारवाही गरिने जानकारी दिए ।
भेला, सम्मेलन, उत्सव कार्यक्रममा सहभागी नहुन आग्रह
सुुरक्षा समितिको बैठकले काठमाडौं उपत्यकामा कोरोना भाइरसको जोखिम रहेको भन्दै त्यसबाट सतर्क रहन सबैलाई आग्रह गरेको छ ।
बैठकले भीडभाडमा नजान तथा भेला, सभा सम्मेलन, उत्सव, होली पर्व जस्ता कार्यक्रममा सहभागी नहुन सर्वसाधारणमा अनुरोध गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया