+
Search

ताजा अपडेट +

पपुलर +

धार्चेकाे मान्वुमा बोलेरो दुर्घटना : वडा सचिवकाे मुत्यू, उद्धारमा कठिनाई

4KNationalDaily
२०७६ फाल्गुन २१, बुधबार २१:४८ बजे

गोरखा – धार्चे गाउँपालिकाकी उपाध्यक्ष फुलमाया गुरूङ सवार बाेलाेराे जिप दुर्घटना भएकाे छ ।

आरुघाटबाट काशीगाउँ तर्फ जाँदै गरेको बोलेरो जीप आरुघाट गाउँपालिका वडा नं. १ स्थित धोरतको जंगलमा दुर्घटनामा परेकाे हाे ।

काशी गाउँमा आयोजना गरिएको अपाङ्ग परिचयपत्र वितरण कार्यक्रमका लागि उपाध्यक्ष गुरुङ र कर्मचारीसहितको टोली मान्बु जाँदै थिए । त्यही क्रममा उनीहरुले प्रयोग गरेको ग १ ज ५५०५ नम्बरको बोलेरो जीप दुर्घटना मान्बुको धोरतमा भएको हो ।

बुधबार राति भएको जीप दुर्घटनामा धार्चे गाउँपालिका–६ का लमजुङ घर भएका वडा सचिव किरण रिमालको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा धार्चे गाउँपालिकाकी उपाध्यक्ष फूलमाया गुरुङसहित सात जना घाइते भएका छन् । उनीहरुलाई उप उपचारका लागि हेलिकाेप्टरमार्फत काठमाण्डौ पठाउने तयारी भइरहेको धार्चे गाउँपालिकाले जनाएको छ ।

घाइतेहरुको उद्धारमा कठिनाई

गएराती आरुघाटबाट काशीगाउँ तर्फ जाँदै गरेको बोलेरो जीप आरुघाट गाउँपालिका वडा नं. १ स्थित धोरतको जंगलमा दुर्घटनामा परेपछि घाइतेहरुको उद्धारमा समस्या भएको छ ।

सडकबाट तल खसेको ग १ ज ५५०५ नम्बरको जीपमा सवार ८ जना मध्ये एक जना लमजुङ घर भएका वडा सचिव किरण रिमालको घटना स्थलमा नै मृत्य भएको मान्बु प्रहरीले जनाएको छ ।

घाइते सात जनालाई एम्बुलेन्समा राखेर उपचार स्थल सम्म पुर्याउन सकिने स्थिति नरहेको आरुघाट गाउँपालिका अध्यक्ष पूर्ण दाहालले बताए ।

नेपाली सेनाको ठूलो हेलिकप्टर पठाईदिन माग गरेका छौं, हेलिकप्टर नआउँदा सम्म घाइतेहरुलाई उपचारका लागि अस्पताल पुर्याउन सकिने स्थिति नरहेको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily