+
Search

ताजा अपडेट +

पपुलर +

पालुङटार नगरपालिकामा निर्माणाधिन पुलभाचिँदा तीन जना घाईते

4KNationalDaily
२०७६ फाल्गुन २२, बिहीबार ०६:४७ बजे

गाेरखा- पालुङटार नगरपालिका र तनहुँको तुरतुरे जोड्ने गरी निर्माण भईरहेको फुलमा फर्मा भाँचिदा तीन जना घाईते भएका छन् ।

गौरी पार्वती निर्माण सेवाले ठेक्का लिएको उक्त पुलमा ढलान गर्न जोडिँदै गरिएको फलामे पाता (स्ल्याब) र फलामे पोलको टेका छ्ट्दा काम गरिरहेका बर्दिया घर भई पुल निर्माणमा काम गर्दै आएका सुनिल थारु, राजु थारु, संन्दिप थारु घाईते भएका हुन् ।

घाईते दुई जनाको अवस्था समान्य रहेको र सुनील को कम्मर मुनीको भागमा गम्भिर चोट लागेकाले उपचारका लागि काठमाण्डौँ रिफर गरिएको छ ।

उनको न्यूरो अस्पतालमा उपचार भईरहेको गोरखाका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए ।

समान्य घाईते दुई जनाको डुम्रे स्थित अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily