+
Search

ताजा अपडेट +

पपुलर +

शिक्षण अस्पतालका निर्देशक भन्छन्ः प्रत्यारोपण सफल भए पनि नयाँ मिर्गौलाले स्वीकार गरेन भने मृत्यु हुन्छ

4KNationalDaily
२०७६ फाल्गुन २२, बिहीबार ०७:३३ बजे

काठमाडौं- हामीले हरेक साता बुधबार मिर्गाैला प्रत्यारोपण गर्दै आएका छौं। यो हाम्रो रुटिन हो। प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण पनि त्यसकै निरन्तरता हो।

आजको अन्नपूर्ण पोस्टमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले भनेका छन्- सफलता दर पनि उच्च छ। दुईपटक मिर्गाैला प्रत्यारोपण गरेका सबै केस सफल भएका छन्।

अस्पतालमा सात सय हाराहारीमा मिर्गाैला प्रत्यारोपण सफल भएको छ। हामीले ९८.९ प्रतिशत सफल दर रहेको भन्ने गरेका छौं।

प्रत्यारोपण सफल भए पनि नयाँ मिर्गौलाले स्वीकार गर्न नसकेकामा मृत्यु हुने गरेको छ।

नेपाली चिकित्सकको टिमले प्रधानमन्त्री ओलीको मिर्गौैला प्रत्यारोपणछि हामी उत्साहित छौं। यसले मिर्गाैला प्रत्यारोपणका लागि विदेश जानुपर्दैन भन्ने सन्देश दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily