+
Search

ताजा अपडेट +

पपुलर +

बहुप्रतिक्षित नागढुङ्गा–नौबिसे सुरुङ मार्ग निर्माण सुचारु

4KNationalDaily
२०७६ फाल्गुन २२, बिहीबार ०८:१४ बजे

काठमाडौं- बहुप्रतिक्षित नागढुङ्गा–नौबिसे सुरुङ मार्गको निर्माण कार्य सुचारु भएको छ । सुरुङ मार्गको धादिङतर्फको जग्गा विवादको सम्बन्धमा स्थानीयवासीसँग सहमति भएपछि निर्माण कार्य सुचारु भएको हो ।

मुआब्जा विवादका कारण विगत चार महिनादेखि सुरुङ मार्गको धादिङतर्फको निर्माण कार्य अवरुद्ध रहेको थियो ।

धादिङका प्रतिनिधि सभा सदस्य भूमि त्रिपाठी, सडक विभाग वैदेशिक सहयोग कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजङ थापा, नागढुङ्गा सुरुङमार्ग आयोजना प्रमुख श्यामप्रसाद खरेल र स्थानीय सरोकारवालाबीच सहमति भएपछि निर्माण कार्य सुचारु भएको हो ।

आयोजना प्रमुख खरेलले सुरुङ मार्गको धादिङतर्फको प्रवेशद्वार सिस्ने भन्ने ठाउँमा रहेको जग्गा विवादबारे स्थानीयवासीसँग सहमतिपछि निर्माण कार्य सुचारु भएको खबर आजको गोरखापत्र दैनिकमा छ  ।

सरकारले निर्माण क्षेत्रमा पर्ने जग्गा श्री ५ को वायुगुठी अन्तर्गत रहेको हुनाले यस क्षेत्रका बासिन्दाले व्यक्तिगत अथवा रैकर जग्गाको तुलनामा कम मुआब्जा पाउने बताउँदै आएका छन् ।

जग्गा भोगचलन गरिरहेका कतिपयको लालपुर्जा पनि नरहेको बताइएको छ । सरकारले यस्ता जग्गाको मुआब्जा दिँदैन । स्थानीयवासीले भने फिल्डबुकका आधारमा अन्य जग्गा सरह नै आफूले मुआब्जा पाउनुपर्ने माग गर्दै आएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले निर्णय गरेको अवस्थामा जग्गाको फिल्डबुक र स्रेस्ताका आधारमा शतप्रतिशत मुआब्जा दिन सक्ने आयोजना प्रमुख खरेलले बताए ।

आयोजना प्रमुख खरेलले सिस्नेमा रहेको जग्गा तत्कालीन श्री ५ को वायुगुठी जग्गा हो । गुठी नियमावलीमा गुठीको जग्गामा एक तिहाइ मात्र मुआब्जा दिने व्यवस्था गरिए पनि शतप्रतिशत मुआब्जा दिनुपर्ने स्थानीयवासीको माग छ ।

त्यसैगरी जग्गाधनी प्रमाणपत्र नहुनेले फिल्डबुकमा भएको नामका आधारमा मुआब्जा पाउनुपर्ने मागका कारण र आयोजनाले दिइसकेका ४६ वटा घरटहरा धनीले अहिलेसम्म नहटाउँदा निर्माण कार्य अगाडि बढाउन थप समस्या उत्पन्न भएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily