गोरखा- बुधवार राती आरुघाटबाट काशीगाउँतर्फ जाँदै गरेको बोलेरो जीप आरुघाट गाउँपालिका वडा नं. १ स्थित धोरतको जंगलमा दुर्घटनामा परि गम्भिर घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडाैं लगिएको छ।
सडकबाट तल खसेको जीपमा सवार ८ जना मध्ये लमजुङ घर भएका वडा सचिव किरण रिमालको घटना स्थलमा नै मृत्य भएको प्रहरीले जनाएको छ ।
गम्भिर घाइते धार्चे गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङसहित निसा गुरुङ, बालचन्द्र गुरुङ, धनबहादुर गुरुङ, टेयरसिंङ गुरुङ, सुरज नेपाल र सर्मिला गुरुङलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडाैं लगिएको हो ।
काशीगाउँमा अपाङ्गता परिचय पत्र वितरणको कार्यक्रममा सहभागी हुन उपाध्यक्ष र कर्मचारीको सहितको टोली जादै गर्दा राती करिब १० बजे ग १ ज ५५०५ नम्बरको जीप दुर्घटनामा परेको थियो ।
रातिको समयमा सामान्य वर्षा भएकाले कच्ची सडकमा जीप घुम्तीमा चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरी अनुमान गरेको छ।
प्रतिक्रिया