काठमाडौँ- भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल चढेको विमान आकस्मिक अवतरण भएको छ ।
यति एअरलाईन्सको विमान विहीवार विहान ८: ५० बजे काठमाडौंबाट पोखरालागि उडेकोमा प्राविधिक समस्या देखिएपछि पुन काठमाडौं फर्काइएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो । विमान उडेको १० मिनेटमै काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो ।
विमानमा सवार सबै सकुशल रहेको एअरलाईन्सले जनाएको छ ।
प्रतिक्रिया