+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं जिल्ला प्रशासनले भन्योः अत्यावश्यक अवस्थाबाहेक घरबाहिर ननिस्कनू

4KNationalDaily
२०७६ फाल्गुन २२, बिहीबार ११:५४ बजे

काठमाडौं- अहिले विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरस फैलिन सक्ने जोखिम भएको भन्दै स्थानीय प्रशासनले काठमाडौंका बासिन्दालाई अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमणको खतरालाई ध्यान दिँदै अर्काे निर्णय नहुन्जेलसम्मका लागि काठमाडौंका बासिन्दालाई अत्यावश्यक काम परेका बेलाबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको जानकारी दिए ।

‘अब यहाँ (काठमाडौं) पनि कसलाई कोरोना छ कि छैन कुनै ग्यारेन्टी छैन, कुनै सभा/समारोह गर्दा कोरोना महामारी फैलियो भने कसले जिम्मेवारी लिने?,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘त्यसैले अब घरभित्रै बस्ने, तातोपानी खाने, अत्यावश्यक काम नभईकन घरबाहिर ननिस्किने।’

यसअन्तर्गत आउँदै गरेको होली (फागु पर्व) पनि नमनाउन आग्रह गरिएको उनले बताए। कोरोना संक्रमण फैलिने जोखिम रहेकाले होली नमनाउन त यसअघि सरकारले नै सम्पूर्ण देशवासीलाई आग्रह गरिसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily