+
Search

ताजा अपडेट +

पपुलर +

भिडभाड हुने कार्यक्रम नगर्न गाेरखा प्रशासनकाे अाग्रह

4KNationalDaily
२०७६ फाल्गुन २२, बिहीबार १८:१० बजे

गाेरखा- जिल्ला प्रशासन कार्यालय गाेरखाले भिडभाड तथा ब्यापक जनसहभागितामा सार्वजनिक स्थलमा कुनै पनि कार्यक्रम नगर्न आग्रह  गरेको छ ।

बिहीबार एक बिज्ञप्ती प्रकाशित गरी कार्यालयले सार्वजनिक स्थलमा कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको हाे ।

जिल्ला प्रशासन कार्यालय  गाेरखाका प्रशासकिय अधिकृत हर्क बहादुर राेकाद्वारा जारी गरिएकाे सुचनामा भनिएकाे छ ‘कोरोना भाइरसको संक्रमणबाट बच्न नियमित साबुन पानीले हात धुन, ब्यक्तिगत सफाईमा ध्यान दिन, खोक्दा र हाछयूँ गर्दा नाक र मुख छोप्न, मासु अण्डा राम्रोसँग पकाएर मात्रै खान, घरपालुवा तथा जंगली पशुपंक्षीको असुरक्षित सम्पर्क बाट टाढा रहन पनि अनुरोध गरिएको छ ।’

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily