+
Search

ताजा अपडेट +

पपुलर +

मास्क लुकाएको वा महँगोमा बेचेको भेट्नुभएको छ ? अब तुरुन्तै ११३७ नम्बरमा फोन गर्नुहोस् !

4KNationalDaily
२०७६ फाल्गुन २२, बिहीबार १८:२० बजे

काठमाडौं- सरकारले मास्क महँगोमा बेचेको वा लुकाएको पाइए ११३७ नम्बरमा खबर गर्न सरकारले आग्रह गरेको छ ।

बजारमा मास्क नपाइने र पाइए पनि महँगो पर्ने गुनासो बढेपछि पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न वा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा जानकारी गराउन आग्रह गरेको हो ।

उजुरीको आधारमा सरकारले अनुगमन गरी दोषी पाइए तीन लाख रुपैयाँसम्म जरिबाना तिराउने र मुद्दा चलाउने विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिएका छन् ।

मास्क लुकाउने काठमाडौंस्थित क्षेत्रपाटीमा रहेको नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिबाना तिराएको विभागले जनाएको छ ।

यस्तै बिलबिना नै महँगोमा मास्क बेच्ने त्रिपुरेश्वरको स्वस्तिक सर्जिकल सप्लायर्सलाई २० हजार र सचिन ट्रेड कन्सर्नलाई १० हजार रुपैयाँ तथा त्रिपुरेश्वरको खनाल सर्जरी सप्लायर्स पाँच हजारका दरले जरिबाना तिराएको विभागका महानिर्देशक सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily