काठमाडाैं- तीनदिने नेपाल भ्रमणका लागि टोनी केही बेरअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन्।
काठमाडौं। मिस वर्ल्ड २०१९ की विजेता टोनी एन सिंह नेपाल आएकी छन्।
तीनदिने नेपाल भ्रमणका लागि टोनी केही बेरअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन्। उनलाई मिस नेपाल २०१९ कि विजेता अनुष्का श्रेष्ठ र पूर्व मिस नेपाल श्रृंखला खतिवडाले विमानस्थलमा स्वागत गरेका छन्।
नेपालमा रहँदा टोनीले सिन्धुपाल्चोकदेखि मकवानपुरको भ्रमण गर्नेछिन्।
त्यस्तै मिस नेपाल २०१९ कि विजेता अनुष्का श्रेष्ठको पहलमा हेलम्बुको सोस्लिङ प्रोजेक्टको पनि अवलोकन गर्ने कार्यक्रम रहेको हिडन् ट्रिजरले जनाएको छ।
प्रतिक्रिया