+
Search

ताजा अपडेट +

पपुलर +

नारायणकाजी भन्छन् – ‘कम्युनिष्ट सरकारले गरेको विकास देख्न नसक्ने छटपटाए’

4KNationalDaily
२०७६ फाल्गुन २२, बिहीबार १८:५० बजे

सर्लाही- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भातृत्व, मित्रता र सामाजिक एकताका लागि खेल क्षेत्र एक महत्वपूर्ण क्षेत्र रहेको बताएका छन् ।

वाग्मती नगरपालिका–११ मा शुरु भएको प्रदेश नं २ कै सर्वाधिक धनराशिको चोथौ राजर्षी जनक कप फुटबल प्रतियोगिताको उद्घाटनका अवसरमा श्रेष्ठले यस्तो बताएका हुन् ।

राष्ट्रियता, राज्य र समानताका विभिन्न क्षेत्रमा मतभेर रही रहेको समयमा राष्ट्रिय एकता तथा भातृत्व जगाउने काम खेल क्षेत्रले गर्ने उनले बताए ।

उनले सरकार देश विकासको काममा तीव्र गतिमा लागेको भन्दै देशको विकासमा कसैले भाँजो हाल्ने काम गरेमा त्यस्तो कार्य आफूहरुको लागि स्वीकार्य नहुने बताए ।

उनले अहिलेको सरकारले गरेको विकास निर्माण देखेर विपक्षी अत्तालिएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily