+
Search

ताजा अपडेट +

पपुलर +

प्रि-मनसुन लागेयताकै ठूलो वर्षाको सम्भावना, हावाहुरी/चट्याङको पनि खतरा

4KNationalDaily
२०७६ फाल्गुन २३, शुक्रबार ०९:२२ बजे

काठमाडौं- हावाहुरी/चट्याङ/असिनासहित आज (शुक्रबार)प्रिमनसुन लागेयताकै ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार स्थानीय वायुमा पश्चिमी वायुसमेत मिसिएकाले आज अलि ठूलै वर्षा हुने सम्भावना देखिएको हो।

साथै हावाहुरी आउने, चट्याङ र असिना पर्ने सम्भावना पनि उत्तिकै रहेको उनले बताइन्। ‘मध्य र पूर्वी क्षेत्रमा वर्षा हुँदै हुँदैन भन्ने होइन,’ उनले भनिन्, ‘पश्चिको तुलनामा कम छ।’

उनका अनुसार हावाहुरी/चट्याङ/असिनासहितको वर्षा दिउँसो र राति हुने सम्भावना छ। यसैगरी पश्चिमदेखि पूर्वसम्मकै उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपात हुने सम्भावना छ।

‘स्थानीय वायुको मात्रै प्रभाव भएको भए एकछिन ह्वारार् वर्षा हुन्थ्यो,’ उनले भनिन्, ‘तर पश्चिमी न्यून चापीय प्रणालीसमेत थपिएकाले वर्षा क्षणिक नै हुने तर तुरुन्तै बादल भनेर फेरि वर्षा हुने क्रम दोहोरिइरहन्छ।’

काठमाडौंमा पनि वर्षा हुने

आज काठमाडौंमा पनि असिना पानी पर्ने सम्भावना छ।  मौसमविद गंगा नगरकोटीका अनुसार काठमाडौं उपत्यकामा अपराह्नपछि चट्याङ/असिनासहित क्षणिक वर्षा हुने सम्भावना छ।

उपत्यकामा हावाहुरी आउने सम्भावना भने नरहेकाे उनले बताइन्। बिहान ५ः४५ बजको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily