+
Search

ताजा अपडेट +

पपुलर +

चिनियाँ सरकार नेपाल कोरानाको संक्रमणबाट मुक्त रहेको हेर्न चाहन्छः राजदूत यान्छी

4KNationalDaily
२०७६ फाल्गुन २३, शुक्रबार १०:२६ बजे

काठमाडौं- चिनियाँ सरकारले नेपाल कोराना भाइरसको संक्रमणबाट मुक्त रहेको हेर्न चाहेको बताएको छ ।

नेपालका लागि चीनका राजदूत हाउ यान्छीले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या शून्य रहने आशा आफूले गरेको बताएकी छिन् ।

कोरोना भाइरसको संक्रमणको नियन्त्रण र रोकथाममा जनताले सर्वप्रथम सरकार माथि विश्वास गर्नुपर्ने बताउँदै उनले नेपाल सरकारले संक्रमणबाट जोगिन धेरै महत्वपूर्ण कदमहरु लिरहेको बताइन् ।

राजदूत यान्छीले नेपालमा कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि जस्तो सुकै मद्दत गर्न चिनियाँ सरकार तयार रहेको बताइन् ।

आर्थिक वृद्धिभन्दा जनताको स्वास्थलाई चिनियाँ सरकारले सधै प्राथमिकता दिएको भन्नु हुदै राजदूत यान्छीले नेपाल सरकारले पनि ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानलाई यथावत राखेर भए पनि जनस्वास्थलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिइन् ।

राजदूत यान्छीले चीनमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुने ५० हजार जनताको सफल उपचार पछी घर फर्की सकेको जानकारी दिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily