काठमाडौं- प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तिव्र सुधार भएको भन्दै छिट्टै काममा फर्किने बताएका छन् ।
त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराई आइसियुमा रहेका उनले आफ्नो स्वास्थ्यमा तिव्र सुधार भएको र छिट्टै काममा फर्किने बताएका हुन् ।
‘साथीहरूलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ,’ प्रधानमन्त्री ओलीलाई उद्घृत गर्दै उनका प्रमुख सल्लाहकार विष्णु रिमालले ट्वीटरमा लेखेका छन्, ‘छिट्टै म काममा फर्किन्छु।’ शुक्रबार बिहान अस्पतालमा भेट्न गएका रिमाललाई प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्।
सर्जरी पछी आज पहिलो पटक प्रधानमन्त्रिज्यू सँग कुरा गर्ने अबसर मिल्यो। "साथिहरुलाई भनिदिनस, मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भई रहेको छ। छिट्टै म काममा फर्किन्छु।"
धेरै खुशि लाग्यो,
शीघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रिज्यू!— Bishnu Rimal ~विष्णु रिमाल (@BishnuRimal) March 6, 2020
प्रधानमन्त्री ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। बुधबार उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो। ‘धेरै खुसी लाग्यो, शीघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रीज्यू,’ रिमालले लेखेका छन्।
प्रतिक्रिया