+
Search

ताजा अपडेट +

पपुलर +

शिक्षा मन्त्रालयले भन्याे- एसइई परीक्षा चैत ६ गतेदेखि नै हुन्छ

4KNationalDaily
२०७६ फाल्गुन २३, शुक्रबार २०:०६ बजे

काठमाडाैं- शिक्षा मन्त्रालयले एसइई परीक्षा पूर्वनिर्धारित समयमा नै हुने स्पष्ट पारेको छ । मन्त्रालयले विज्ञप्ती निकालि एसइई परीक्षा आउँदो चैत ६ गतेदेखि नै सुरु हुने जनाएको हो ।

मन्त्रालयले कोरोना भाइरसको संक्रमणलाई उल्लेख गर्दै केही संचारमाध्यम र सामाजिक सञ्जालहरुमा परीक्षा सरेको भन्ने समाचार आएको भन्दै खण्डनसमेत गरेको छ ।

एसइई परीक्षाका विषयमा कुनै पनि भ्रममा नपर्न मन्त्रालयले अभिभावक र विद्यार्थीहरुमा आग्रह गरेको छ ।

यस अघि मन्त्रालयले सूचना जारी गर्दै विद्याालयस्तरीय परीक्षा आगामी चैत ५ गते भित्र सक्न सबै विद्यालयलाई निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily