काठमाडौँ- पश्चिमी र स्थानीय वायुको प्रभावले काठमाडौंसहित देशको पश्चिमी भूभागका केही ठाउँ तथा मध्य र पूर्वी भू-भागमा वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार शनिबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहितको वर्षाको सम्भावना रहेको छ ।
साथै उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ।
त्यस्तै शनिबार राति पनि पश्चिमी भूभागका केही स्थान र मध्य तथा पूर्वी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै पूर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।
प्रतिक्रिया