गोरखा- सिरानचोक गाउँपालिका –८ धन्सारमा शुक्रबार साँझ ट्रयाक्टर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ।
जौवारीबाट चनौटेतर्फ आउदै गरेको ग १ त ४६८२ नम्वरको ट्र्याक्टर धन्सारमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
दुर्घटनामा परि दाङका २३ बर्षिय यज्ञबहादुर भण्डारीको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटना ट्रयाक्टर चालक सहित २ जना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेहरुमा ट्र्याक्टर चालक बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ६ का १९ बर्षिय सुमन अधिकारी र दाङ्ग जिल्ला घर भएका सुवास थापामगर रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया