+
Search

ताजा अपडेट +

पपुलर +

सरकार देशको होइन, केही पुँजीपतिका विकासमा केन्द्रित भयो : बाबुराम भट्टराई

4KNationalDaily
२०७६ फाल्गुन २५, आईतवार ०७:३२ बजे

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भएको पूँजी केही व्यक्तिको अधिनमा रहेकोले आर्थिक विकास सुस्त गतिमा भएको बताएका छन्।

नेपाल उद्योग वाणिज्य तथा व्यवसाय महासंघको प्रथम ऐतिहासिक घोषणा कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले सरकारका कारण देशभित्र रहेको पूँजी केही पूँजीपतिहरुको अधिनमा रहेको बताएका हुन्।

उनले सरकार देशको आर्थिक विकासभन्दा पनि पूँजीपतिहरुको विकासमा केन्द्रित भएको आरोप समेत लगाए।

उनले बैंकहरुमा देशकै अर्थतन्त्र बराबरको पूँजी जम्मा भएको तर त्यसको प्रयोग एक दुई सय जनाले मात्र गरेकोले देशको आर्थिक विकास नभएको बताए।

उनले पूँजीको पहुँच साना र मझौला व्यवसायीहरुमा नपुगेसम्म आर्थिक विकास नहुने समेत बताए। उनले भने ‘अहिले हाम्रो बैंकहरुमा झण्डै हाम्रो कुल गार्हस्थ उत्पादन बराबर ३३/३४ खर्ब रुपैयाँ पूँजी रहेको छ तर त्यसको प्रयोग कसले गरेको छ भने जम्मा सय दुईसय ठूला घरानाहरु छन तिनीहरुले ३३/३४ खर्ब रुपैयाँ प्रयोग गरिराखेका छन्।

जबकी यहाँ ५०औं लाख साना र मध्यम उद्योग व्यवसायीहरु छन उनीहरुले सामान्य बिउ पूँजी समेत प्राप्त गर्न सकेका छैनन्।’ उनले उपलब्ध पुँजीको ठीक ढैगले वितरण गर्न सुझाब समेत दिए।

उनले प्रत्येक वर्ष रेमिट्यान्स ८ खर्ब आउने र त्यसको १० प्रतिशत सञ्चय हुने र बाँकी ९० प्रतिशत उपभोग गर्ने प्रकारको अर्थतन्त्र हुन नसक्ने बताए।

‘विदेशमा चाहिं श्रम बेच्ने त्यसले कमाएकोले विदेशबाट वस्तु आयात गर्ने अनि यहाँ फोहोर गर्ने यस्तो अर्थतन्त्र हुनै सक्दैन’, अध्यक्ष भट्टराइले भने।

देशको अर्थतन्त्रको विकासका लागि राष्ट्रिय औद्योगिक पूँजीको निर्माण गर्नुपर्नेमा उनले जोड दिए। उनले राष्ट्रिय औद्योगिक पूँजीको विकास गरी समाजवादको लक्ष्य प्राप्त गर्ने दिशामा जानुपर्ने बताए।

आर्थिक विकास गर्ने आवसर सरकारसँग भएपनि काम नगर्दा पछिल्लो दुई वर्ष खेर गएको उनको भनाइ थियो।

कछुवा गतिको आर्थिक विकास जहिलेपनि हुने बताउँदै तीव्र गतिको आर्थिक विकासका लागि सरकार असफल भएको उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily