गोरखा – जिल्लाकाे बारपाक सुलिकोट गाँउपालिका–४ छहरे खोला स्थित सिम्बमा मंगलबार बिहान बलेरो जीप दुर्घटना हुदा १० जना घाइते भएका छन् ।
रन्चोकबाट गोरखा सदरमुकाम तर्फ यात्रु लिएर आउदै गरेको बा १५ च १०१६ नम्बर बलेरो जीप उकालोमा पछाडी हटेर दुर्घटना भएको हाे ।
दुर्घटनामा परी घाइते भएकाहरु मध्ये ४ जनाको अबस्था गम्भीर रहेको जनाइएको छ । गम्भीर घाइतेहरुको टाउकोमा चोट लागेको छ । जीप सडकबाट झण्डै ५० मिटर पछाडी खसेको स्थानियले जनाएका छन् ।
ट्राफिक प्रहरी कार्यालय गोरखाका इञ्चार्ज सुकबहादुर बिकले दुर्घटनाको पुष्टि गर्दै १० जना घाइते भएको जानकारी दिए ।
बिकका अनुसार, दुर्घटनामा परी विमला गुरुङ, रमा गुरुङ, बुद्धबहादुर गुरुङ, श्रीमान् गुरुड, क्षेत्रकुमारी गुरुङ, टेकमाया गुरुङ र उनकी ६ वर्षीया छोरी सुनीता घाइते भएका छन् ।
सोही दुर्घटनामा परी सुकमाया गुरुङ, विनोद गुरुङ, राजकुमारी गुरुङ र चालक आनन्दकुमार गुरुङ पनि घाइते भएका छन् । घाइते सबै रञ्चोकका हुन् ।
यीमध्ये विमला, रमा, क्षेत्रकमारी र सुकमायाको अवस्था गम्भीर रहेको छ । गोरखाका ट्राफिक प्रहरी इञ्चार्ज विकका अनुसार, थप उपचारका लागि काठमाडौं लैजानु पर्ने भएपछि माउन्टेन एयरको हेलिकोप्टर बोलाइएको छ ।
ब्रेक फेल हुँदा जिप दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिप सडकबाट करिब १ सय मिटर तल खसेको छ ।
प्रतिक्रिया