काठमाडाैं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस (कोभिड १९) लाई विश्वव्यापी महामारी घोषणा गरेको छ।
डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले पत्रकार सम्मेलन गर्दै चीनको वुहानबाट फैलिएको भाइरसको संक्रमण पछिल्लो २ हप्तामा चीन बाहिर १३ गुणाले बढेको बताउँदै कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेका हुन्।
उनले भाइरसको बढ्दो प्रभावलाई लिएर आफूहरु निकै चिन्तित भएको भन्दै भने,’ हामी सबै सरकारहरुलाई यो भाइरसको रोकथामका लागि छिटो र आक्रमक’ निर्णय लिन आग्रह समेत गरे।
उनले महामारीलाई हल्का रुपमा नलिन सबै राष्ट्रहरुलाई आग्रह गर्दै भने, ‘ विश्वव्यापी महामारी शब्दलाई हल्का वा लापरवाह रुपमा लिनु हुँदैन।
यो त्यस्तो शब्द हो, यदि यसको गलत प्रयोग भयो भने यसले बिना कारण धेरै त्रास फैलाउन सक्छ। जसबाट धेरै संख्यामा मानिसहरु प्रभावित हुनेछन् र धेरैको मृत्यु हुन सक्छ।‘
त्यसैले गेब्रायसेजले सबै राष्ट्रहरुलाई आफ्नो अस्पताल र आपतकालिन सेवाहरु तयारी अवस्थामा राख्न समेत अनुरोध गरेका छन्।
प्रत्येक सरकारले आफ्ना नागरिकहरुलाई भाइरसबाट सचेत गराउँदै त्यसबाट बच्ने उपायहरुका बारेमा जानकारी दिन समेत उनले भनेका छन्।
प्रतिक्रिया