+
Search

ताजा अपडेट +

पपुलर +

नयाँ टी–२० वरियता: सन्दीपको स्थान सुधार, पारस खस्किए !

4KNationalDaily
२०७६ फाल्गुन २९, बिहीबार १९:०५ बजे

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सार्वजनिक गरेको नयाँ टी–२० बरियताको ब्याटिङतर्फ नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काकाे स्थान खस्किएको छ ।

आइसीसीले बुधबार सार्वजनिक गरेको व्याटिङ वरियता अनुसार पारस ४ सय रेटिङका साथ ७५ स्थानमा खस्किएका हुन् । यसअघि उनी ६३ औँ स्थानमा थिए ।

केही दिनअघि थाइल्याण्डमा भएको एसीसी इस्टर्न रिजन प्रतियोगितामा गरेको खराब प्रदर्शनका कारण पारसको वरियतामा पनि धक्का लागेको हो ।

आइसीसीको नयाँ टी–२० वयरियताको ब्याटिङतर्फ पाकिस्तानी टिमका कप्तान बाबर आजम शीर्ष स्थानमा छन् ।

यस्तै, दोस्रोमा लोकेश राहुल, तेस्रोमा आरोन फिन्च, चौथोमा कोलिन मुनरो र पाँचौ स्थानमा ग्लेन म्याक्सवेल रहेका छन् ।

नयाँ टी–२० बलिङ वरियतामा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले भने दुई स्थान सुधार गरेका छन् ।

यसअघि ८६ औं स्थानमा रहेका उनी नयाँ वरियतामा भने ८४ औं नम्बरमा उक्लिएका छन् ।

टी–२० बलिङतर्फको शीर्ष स्थानमा अफगानिस्तानका स्पिनर राशिद खान छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily