काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न सार्क सदस्यहरुसँग समन्यवय गर्न तयार रहेको बताएका छन्।
भारतीय प्रधानमन्त्री मोदीले कोरोनाविरुद्ध सार्क राष्ट्रले संयुक्त रणनीति तयार गर्न प्रस्ताव राखेपछि ओलीले उनको समर्थन गरेका हुन्।
दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको यो पहिलो सार्वजनिक अभिव्यक्ति हो। फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेपछि उनी शिक्षण अस्पतालमा उपचाररत छन्।
I welcome the idea advanced by Prime Minister Modiji @narendramodi for chalking out a strong strategy by the leadership of the SAARC nations to fight Coronavirus. My government is ready to work closely with SAARC Member States to protect our citizens from this deadly disease.
— PMO Nepal (@PM_nepal_) March 13, 2020
‘कोरोना भाइरससँग लड्न सार्क राष्ट्रले संयुक्त रणनीति तयार गर्नुपर्ने प्रधानमन्त्री मोदीजीको प्रस्तावको म स्वागत गर्दछु,’ प्रधानमन्त्री ओलीले ट्विटरमा भनेका छन्, ‘यो घातक रोगबाट हाम्रा नागरिकलाई बचाउन सार्क सदस्य मुलुकसँग मिलेर काम गर्न मेरो सरकार तयार छ।’
यसअघि शुक्रबार मोदीले ट्विटरमार्फत कोरोना भाइरससँग लड्न सार्क राष्ट्रले संयुक्त रणनीति तयार गरेर विश्वलाई उदाहरण पेस गर्न प्रस्ताव गरेका थिए।
प्रतिक्रिया