+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखा पुगेर कोइरालाले भने – काँग्रेसभित्र विचार होइन भागबन्डाको लडाई छ

4KNationalDaily
२०७६ चैत्र १, शनिबार ११:५५ बजे

गोरखा- नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले काँग्रेसभित्र विचार नभई भागबन्डाको लडाई रहेको बताएका छन् ।

नेपाली काँग्रेस गोरखाले पार्टी कार्यालय तीनधारेमा आयोजना गरेको जिल्लास्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले भने, ‘पार्टीभित्र विचारको लडाई छैन, भागबन्डाको लडाई छ, मलाई त्यहाँनेर चित्त दुखेको छ ।’

विचारका आधारमा गुट नबनेकाले पार्टीमा समस्या सृजना भएको उनको भनाइ छ । उनले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीका कारण पार्टीभित्र विवाद समाधान हुन नसकेको बताए ।

आफ्नो कार्यकाल सकिनै लाग्दा पनि सभापतिले केन्द्रीय सदस्य, विभाग संयोजक, आमन्त्रित केन्द्रीय सदस्य मनोनीत गर्नु सकारात्मक कार्य नभएको उनले बताए ।

उनले भने, ‘१४औँ महाधिवेशनको मुखमा विभागहरु गठन गरेर केही काम गर्ने समय नै बाँकी रहदैन, समयमा विभाग गठन गर्न सकेको भए त्यसले पार्टीहित हुन्थ्यो ।’

उनले पार्टी सभापतिले महाधिवेशन सकिएको २ महिनाभित्रमा गर्नुपर्ने काम आफ्नो कार्यकाल सकिनै लाग्दा गरेको भन्दै त्यस्तो कार्यशैलीले कहिल्यै पार्टी बन्न नसक्ने उल्लेख गरे ।

उनले पार्टीभित्रका विवादलाई हल गरेर अघि बढ्न सके मात्र काँग्रेसलाई सृदृढ पार्टीका रुपमा निर्माण गर्न सकिने भन्दै व्यक्तिगत फाइदाका लागि पार्टीहित विपरीत कसैले काम गर्न नहुने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily