+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा गण्डकी प्रदेशको सचिवालय गठन : गोरखाबाट को–को परे !

4KNationalDaily
२०७६ चैत्र १, शनिबार १२:०९ बजे

गोरखा- नेपाल कम्युनिष्ट पार्टी (नेकपांं) गण्डकी प्रदेशको कार्यालय टिममा गोरखाबाट ३ जना चयन भएका छन् ।

नेकपा गण्डकीले बुधबार पार्टीको प्रदेशको कार्यालय टिम र सचिवालयको चयन गरेको हो ।

नेकपा गण्डकी प्रदेशले गरेको कार्याबिभाजन अनुसार गोरखाबाट पार्टीका गण्डकी प्रदेश कमिटिका अध्यक्ष हितराज पाण्डे, खोपबहादुर कंडेल र सम्झना देवकोटासहित ९ सदस्य कार्यालय टिममा परेका हुन् ।

त्यस्तै, ६३ सदस्य सचिवालय टिममा गोरखाका ८ जना परेका छन् । सचिवालय सदस्यमा पर्नेहरुमा पाण्डे, कंडेल, देवकोटा, कमला नहर्की, जगन्नाथ खनाल, प्रेम गुरुङ, लेखबहादुर थापा, र लोकप्रसाद बन्जरा रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily